अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानविरुद्ध युद्ध सुरु भएयता अहिलेसम्म ११ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको बताएको छ।
उसको रिपोर्टमा भनिएको छ, ‘आक्रमणमा इरानका १५० भन्दा बढी विमानहरू नष्ट वा क्षतिग्रस्त भएका छन्।’
सेन्टकमले अगाडि भनेको छ, ‘इरानी शासनको सुरक्षा प्रणाली कमजोर पार्न आक्रमण जारी छ, विशेष गरी तत्काल खतरा देखिएका स्थानमा।’
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी युद्धको सुरुवात गरेका हुन्।
पहिलो दिनकै आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा अधिकारी मारिएका थिए।
त्यसयता इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
Shares

प्रतिक्रिया