समाज


कान्तिपुरको ग्रुप एडिटोरियल डाइरेक्टरमा अनुप काफ्ले नियुक्त

कान्तिपुरको ग्रुप एडिटोरियल डाइरेक्टरमा अनुप काफ्ले नियुक्त

नेपालखबर
चैत १५, २०८२ आइतबार १४:२१, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपको सम्पादकीय नेतृत्व अनुप काफ्लेले सम्हाल्ने भएका छन्। उनी कान्तिपरको ग्रुप एडिटोरियल डाइरेक्टर नियुक्त भएका छन्।

कान्तिपुरले पहिलो पटक यो पद सिर्जना गरेको बताएको छ। उनले यस ग्रुप मातहतका सबै प्रकाशन र प्रसारण गृहको नेतृत्व गर्नेछन्।

‘काफ्लेले कान्तिपुर दैनिक, द काठमाडौँ पोस्ट, कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमको सम्पादकीय नेतृत्व गर्नेछन्। उनी कान्तिपुर ग्रुपका प्रबन्ध निर्देशकप्रति जवाफदेही हुनेछन्,’ कान्तिपुर मिडिया ग्रुपले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

काफ्लेले हालै रेस्ट अफ वर्ल्डको नेतृत्व छाड्ने घोषणा गरेका थिए।

यसअघि काठमाडौँ पोस्टको नेतृत्व सम्हालिसकेका उनले बजफिड र वासिङ्टन पोस्टमा पनि काम गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad