ग्लोबल


यमनबाट हुथीले इजरायलमा फेरि हान्यो क्षेप्यास्त्र

यमनबाट हुथीले इजरायलमा फेरि हान्यो क्षेप्यास्त्र

नेपालखबर
चैत १५, २०८२ आइतबार १२:५९, काठमाडौँ

यमनका हुथी विद्रोहीले इजरायलमा दोस्रोपटक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्।

सीएनएन र टाइम्स अफ इजरायल दुवैले हुथीले इजरायलमा हमला गरेको उल्लेख गरेका छन्।

यद्यपि इजरायलले यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र रोकेको बताएको छ।

यो इरान समर्थित समूहले इजरायलमा क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो। तर त्यो खसालिएको थियो।

यसअघि हुथी विद्रोही समूहले शनिबार पनि इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

इजरायली मिडिया च्यानल १२ र टाइम्स अफ इजरायलले यमनबाट दक्षिणी इजरायलको इलात सहरमा ड्रोन आक्रमण गरिएको उल्लेख गरेका छन्। 

हुथीले भनेका छन्, ‘इजरायलले पहिले इरान, लेबनन, इराक र प्यालेस्टिनी क्षेत्रलाई निसाना बनाएको थियो। अब जवाफमा इजरायलमा आक्रमण भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad