समाज


गाडी र मोटरसाइकलको ठक्करबाट ५ जनाको मृत्यु

गाडी र मोटरसाइकलको ठक्करबाट ५ जनाको मृत्यु

नेपालखबर
चैत १५, २०८२ आइतबार १३:२, काठमाडौँ

बारा, काभ्रे, मोरङ र धनुषामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंज गुरूङ टोलमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ना.३० प ७५०१ नम्बरको मोटरसाइकलको ठक्करबाट ज्यान गुमाउने करिब ६५ वर्षीय पैदलयात्रीको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

शुक्रबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्ज पर्सामा थप उपचारको क्रममा शनिबार मृत्यु भएको हो। 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि मोरङको रंगेलीमा पनि ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

रंगेली नगरपालिका-१ पोखरी टोलमा कर्सियाबाट बबियाबिर्तातर्फ जाँदै गरेको प्रदेश ०३-००१ त ७१५१ नम्बरको ट्याक्टरको ठक्करबाट रंगेली -१ बस्ने ५० वर्षीय होली ऋषिदेवको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि काभ्रेको बनेपा नगरपालिका-३ तिनघरेमा पनि बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। 

तिनघरेबाट बनेपातर्फ आउँदै गरेको बा.२ ख ४८९४ नम्बरको बसको ठक्करबाट पैदलयात्री बनेपा नगरपालिका-३ तिनघरे बस्ने १६ वर्षीय राजेश तामाङको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी काभ्रेको बनेपा नगरपालिका-८ पनि बोलेरोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। 

बा.१९ च ५७४७ नम्बरको बोलेरोको ठक्करबाट पैदलयात्री बनेपा नगरपालिका-१० पुलबजार बस्ने ८० वर्षीय गंगालाल मानन्धरको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि धनुषाको मिथिला बिहारी नगरपालिका-४मा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। 

स्थानीय कजरास्थित सडकमा कजराबाट ललियातर्फ जाँदै गरेको प्रदेश २-०२-००२ प १९०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अशोक मुखियाको छोरा ५ वर्षीय रितिक मुखियाको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।  

यी सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad