ग्लोबल


बाथरुममा लडेर घाइते पाकिस्तानका पूर्वसेना प्रमुख कमर बाजवा बिते

बाथरुममा लडेर घाइते पाकिस्तानका पूर्वसेना प्रमुख कमर बाजवा बिते

नेपालखबर
चैत १५, २०८२ आइतबार ६:५, काठमाडौँ

पाकिस्तानका पूर्वसेना प्रमुख जनरल कमर जावेद बाजवाको शनिबार निधन भएको छ।

गत महिना आफ्नो घरको बाथरुममा चिप्लिएर उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

त्यसपछि रावलपिन्डीस्थित सैन्य अस्पतालको आईसीयूमा उपचाररत उनको ६५ वर्षको उमेरमा शनिबार निधन भएको हो। 

उनको शल्यक्रिया गरिएको थियो। डाक्टरहरूले सुरुमा शल्यक्रिया सफल भएको घोषणा गरेका थिए। तर उनको अवस्था गम्भीर भयो र मृत्यु भयो। 

बाजवा सन् २०१६ देखि २०२२ सम्म पाकिस्तानको सेना प्रमुख थिए।

अवकाशपछि पनि उनलाई पाकिस्तानको राजनीति र सुरक्षा मामिलामा प्रभावशाली मानिन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad