कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ।
कुवेतको सरकारी समाचार एजेन्सीले शनिबार जनाएअनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा धेरैवटा ड्रोन प्रहार गरिएको हो।
कुवेतको नागरिक उड्डयन प्राधिकरणले ड्रोनले राडार प्रणालीमा ठुलो क्षति भएको जनाएको छ, तर कुनै हताहत भएको छैन।
गत बुधबार पनि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा इरानले ड्रोन हानेको थियो।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता इरानले अमेरिकी आधार रहेका खाडीका मुलुकमा आक्रमण गरिरहेको छ। जसका कारण एक महिनादेखि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
Shares

प्रतिक्रिया