ग्लोबल


इजरायलको दाबी: इरानका नौसेना कमान्डर मार्‍यौँ

इजरायलको दाबी: इरानका नौसेना कमान्डर मार्‍यौँ

अलिरेजा ताङसिरी


नेपालखबर
चैत १२, २०८२ बिहिबार २१:५, काठमाडौँ

इजरायलले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का नौसेना कमान्डर अलिरेजा ताङसिरीलाई मारिएको दाबी गरेको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले ताङसिरी ‘होर्मुज स्ट्रेटमा बम विस्फोट र अवरोधजस्ता आतंकवादी गतिविधिका लागि प्रत्यक्ष रूपमा जिम्मेवार’ रहेको र उनी मारिएको बताए।

उनले थपे, ‘अन्य धेरै वरिष्ठ नौसेना कमान्ड अधिकारी पनि मारिएका छन्।’

यद्यपि इरानले अहिलेसम्म यो पुष्टि गरेको छैन।

को हुन् ताङसिरी?

अलिरेजा ताङसिरीलाई २०१८ मा इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) को नौसेना कमान्डर नियुक्त गरिएको थियो।

यसअघि उनले २०१० देखि आईआरजीसी नौसेनाको उपकमान्डरका रूपमा काम गरेका थिए।

२०१९ मा उनले इरानको तेल निर्यातमा कुनै अवरोध भएमा होर्मुज स्ट्रेट बन्द गर्ने धम्की दिएका थिए।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ। 

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। 

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad