इजरायल रक्षा बल (आईडीएफ) ले बिहीबार इरानले मध्य इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।
इजरायलको आपत्कालीन सेवाले क्षेप्यास्त्र आक्रमणबाट ६ जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको जानकारी गराएको छ।
क्षेप्यास्त्र प्रहारबाट काफर कासिम सहरका धेरै घरमा क्षति भएको छ।

इजरायली सेनाले क्षेप्यास्त्र इरानबाट प्रहार गरिएको बताएको छ।
आक्रमणपछि आईडीएफले आक्रमणपछि मानिसहरूलाई सुरक्षित स्थानमा सर्न सूचना गरेको छ।
सामाजिक सञ्जालमा आईडीएफले भनेको छ, ‘होम फ्रन्ट कमान्डका उद्धार र राहत टोली आक्रमण भएको देशको मध्य भागमा पठाइएका छन्। त्यहाँ भिडभाड नगर्नू।’
होम फ्रन्ट कमान्डले इरानी नागरिकलाई आवश्यक निर्देशन पालना गर्न अपिल गरेको छ।
216
Shares

प्रतिक्रिया