राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिहीबार बस्दैछ। नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो।
बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन र पार्टीको आगामी रणनीति तय गर्ने रहेको रास्वपाले जनाएको छ। बैठकले संसदीय दलको नेतामा बालेन्द्र साह (बालेन) लाई चयन गर्ने सम्भावना छ।
यसका साथै बैठकमा नयाँ सरकार गठन, मन्त्रालयको संख्या कटौती र विविध सांगठनिक एजेन्डाबारे छलफल हुनेछ। सांसदहरूको शपथपछि बस्ने यो बैठकले रास्वपाको भावी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।
रास्वपाले मन्त्रालय संख्या घटाउने प्रस्ताव गरेपछि बाहिर भने यसको विरोध सुरु भइसकेको छ।
Shares

प्रतिक्रिया