ग्लोबल


ट्रम्पको दबाबमा एक वर्षदेखि तालिबानको हिरासतमा रहेका अमेरिकी नागरिक रिहा

ट्रम्पको दबाबमा एक वर्षदेखि तालिबानको हिरासतमा रहेका अमेरिकी नागरिक रिहा

नेपालखबर
चैत ११, २०८२ बुधबार ५:५४, काठमाडौँ

अफगानिस्तानको तालिबान सरकारले एक वर्षभन्दा बढी समयदेखि बन्दी बनाएर राखेको एक अमेरिकी नागरिकलाई रिहा गरेको छ।

बीबीसीका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको दबाबमा तालिबानले अमेरिकी नागरिक ६४ वर्षीय डेनिस वाल्टर कोयललाई रिहा गरेको हो। उनी अफगानिस्तानमा भाषा अनुसन्धानकर्ताका रूपमा काम गरिरहेका थिए। 

उनको परिवारका अनुसार उनलाई जनवरी २०२५ मा पक्राउ गरिएको थियो।

तालिबान शासनको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘डेनिसको कारावासलाई पर्याप्त मानिएको छ र रमजानपछि आउने इद अल-फित्रको अवसरमा उनलाई माफी दिइएको हो।’

तालिबानले उनलाई गत वर्ष उनको गिरफ्तार गरेको भए पनि कुनै अभियोग लगाएको थिएन। तर उनलाई ‘लगभग एकान्त कारावास’ राखिएको थियो।

अमेरिकी सरकारले उनको रिहाइको स्वागत गरेको छ तर अन्य अमेरिकी नागरिकलाई पनि ‘अन्यायपूर्ण’ रूपमा राखिएको र रिहा गर्न आवश्यक रहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad