इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायली सेनाले हेजबुल्लाहविरुद्ध कारबाही गर्न दक्षिणी लेबनानको ठुलो भाग नियन्त्रणमा लिने बताएका छन्।
काट्जका अनुसार सेनाले लिटानी नदी (लगभग ३० किलोमिटर टाढा) सम्म सुरक्षा क्षेत्र स्थापना गर्नेछ। जबसम्म उत्तरी इजरायल सुरक्षित हुँदैन, तबसम्म विस्थापित मानिसहरू आफ्नो घर फर्कन सक्ने छैनन्।
उनले भने, आतंककारी आवागमन र हतियार ओसारपासका लागि हेजबुल्लाहले प्रयोग गर्ने पाँच पुल ध्वस्त पारिएका छन्।
इरानमा हमला गरेको बदलामा इरान समर्थित हेजबुल्लाहले इजरायलमा रकेट प्रहार गरेपछि दुई पक्षबिच लडाइँ भइरहेको छ।
लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार देशमा हालसम्म हजारभन्दा बढी मानिस मारिएका छन्, जसमा कम्तीमा ११८ बालबालिका र ४० स्वास्थ्यकर्मी छन्। १० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।
Shares

प्रतिक्रिया