मकवानपुरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतीलाई एकथान भरूवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको हो।
उनको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा बन्दुक भेटिएको थियो।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
126
Shares

प्रतिक्रिया