साउदी अरेबियाले इरानलाई आफ्नो पूर्वाधारमा आक्रमण जारी राखेमा बदला लिन बाध्य हुने चेतावनी दिएको छ।
बीबीसीका अनुसार साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहानले भनेका छन्, 'हाम्रो धैर्यताको पनि एउटा सीमा छ।'
उनले इरानलाई चेतावनी दिँदै अगाडि भनेका छन्, 'हाम्रो देश र यसका खाडी सहयोगीहरूसँग धेरै शक्ति छ, चाहेमा प्रयोग गर्न सक्छन्।'
उनका अनुसार खाडी देशहरूसँग अमेरिका, बेलायत र फ्रान्सबाट महँगोमा किनिएका शक्तिशाली वायु सेना छन्।
तर इरानविरुद्ध अमेरिका-इजरायलको युद्धमा सामेल हुन धेरै जोखिम छ।
81
Shares

प्रतिक्रिया