भारतस्थित मध्य प्रदेशको इन्दौरमा बुधबार बिहान कार चार्ज गर्ने क्रममा विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।
बीबीसी हिन्दीका अनुसार बुधबार बिहान ४ बजेतिर इन्दौरमा पुगलिया परिवारको घरबाहिर विद्युतीय कार चार्ज भइरहेका बेला विस्फोट भएको हो।
इन्दौरका प्रहरी आयुक्त सन्तोष कुमार सिंहले भने, ‘प्रारम्भिक अनुसन्धान अनुसार बिहान ४ बजेतिर चार्जिङ पोइन्टमा सर्ट सर्किट भयो, जसले गर्दा कारमा आगो लाग्यो। केही मिनेटमै घरभित्र आगो फैलियो, जहाँ ठुलो संख्यामा ग्यास सिलिन्डर भण्डारण गरिएको थियो।’
घरमा लगभग १५ वटा ग्यास सिलिन्डर रहेको बताइएको छ। आगोले भेटेपछि ती विस्फोट भए।
प्रत्यक्षदर्शीका अनुसार कम्तीमा चारवटा सिलिन्डर एकपछि अर्को गर्दै विस्फोट भएका थिए।
विस्फोट यति ठुलो थियो कि घरको एक भाग भत्कियो, जसले गर्दा भित्र रहेकाहरू भाग्न पाएनन्।
Shares

प्रतिक्रिया