ग्लोबल


एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत हुँदा २१ जना बने उपाध्यक्ष

एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत हुँदा २१ जना बने उपाध्यक्ष

नवनिर्वाचित एनआरएनए अध्यक्ष डा.हेमराज शर्मा


नेपालखबर
चैत ४, २०८२ बुधबार ११:७, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको आगामी कार्यकालका लागि अध्यक्षमा डा. हेमराज शर्मा (यूके) निर्विरोध निर्वाचित भएका छन्।

संघको वरिष्ठ उपाध्यक्षमा रोबिनप्रसाद शेरचन (जापान) चयन भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) र युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध भएका छन्।

उपाध्यक्षहरूको जम्बो टोली:

संघको उपाध्यक्ष पदमा २० जनाभन्दा बढी उम्मेदवारहरू सर्वसम्मत छानिएका छन्। जसमा रोशन थापा (जाम्बिया), बुद्धि सुवेदी (अमेरिका), चिन्तामणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल र डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणी गुरागाईं (कतार) र खगेन्द्र न्यौपाने (मलेसिया) रहेका छन्।

त्यस्तै, लोकप्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोजकुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ र रबिनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा र रोजिना प्रधान राई (यूके), टंकप्रसाद गैरे (जापान), तिलक गैरे (पोर्चुगल) र विश्वदीप तिगिला (यूके) पनि उपाध्यक्षमा निर्वाचित भएका छन्।

महासचिवमा डा. खड्का:

संघको प्रशासनिक नेतृत्व (महासचिव) मा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध भएका छन्। उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेशकुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया), मोहम्मद मुक्तदा (कतार) र स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया) चयन भएका छन्।

सचिव पदमा अभिमन्यु बस्नेत र माधव दुलाल (क्यानडा), दीपेश खत्री (जर्मनी), मदनराज पौडेल, सुजन अधिकारी (अष्ट्रेलिया), प्रसुना कडेल (यूके), शिवप्रसाद पौडेल र सुपेन्द्र घिसिङ (जापान), सुजन केसी खत्री (कुवेत), यज्ञनारायण पौडेल (स्पेन), भवानीप्रसाद तिमल्सिना (यूएई) र रमेश भट्ट (कतार) निर्वाचित भएका छन्। महिला सचिवमा अमृता थापा (चीन) निर्विरोध भइन्।

कोषाध्यक्ष र अन्य पदाधिकारी:

कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके), सह-कोषाध्यक्षमा अब्दुल बासिद र बिमल सुवेदी (कतार) तथा महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) चयन भएका छन् । महिला संयोजकमा रश्मी थापा (क्यानडा) र युवा संयोजकमा नवीन निउरे (जापान) निर्विरोध भएका छन्। संघको प्रवक्तामा सोम सापकोटा सर्वसम्मत मनोनित भएका छन्।

क्षेत्रीय र उप-क्षेत्रीय नेतृत्व:

क्षेत्रीय संयोजकहरूमा अफ्रिकाबाट मनोज बीके, अमेरिकाबाट भुवन खरेल, एसिया–प्रशान्तबाट दीपकप्रसाद कँडेल, युरोपबाट रोबोट लिम्बु, मध्यपूर्वबाट रमेश श्रेष्ठ र ओसियानियाबाट रमेश जोशी निर्वाचित भएका छन्।

विभिन्न क्षेत्रका उप-क्षेत्रीय संयोजकहरूमा नेत्र पाण्डे, सम्राट थापा, भविन्द्र बस्नेत, छत्रबहादुर दाहाल, लालसिंह खड्का, तिलकराम भट्टराई, विकाल झा, विकास शाही, विष्णुलाल श्रेष्ठ, करिम बक्स मिया, छविप्रसाद सापकोटा, सीके भुसाल र हेमन्त काफ्ले चयन भएका छन् । क्षेत्रीय महिला संयोजकहरूमा संगीता अधिकारी, राजेश्वरी थापा र सरिता भण्डारी छानिएका छन् भने दोस्रो पुस्ताको संयोजकमा दीपमाला ढकाल निर्विरोध भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad