आज सुनचाँदीकै मूल्यमा गिरावट आएको छ।
सुनको मूल्य आज तोलामा दुई हजार दुईसय रुपैयाँ घटेर तोलाको तीन लाख सात हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य हिजो तोलामा चारसय रुपैयाँ बढेर तीन लाख नौ हजार नौसय रुपैयाँ कायम भएको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
चाँदीको मूल्य आज तोलामा १८५ रुपैयाँ घटेको छ। मूल्य घटेर आज चाँदीको भाउ तोलाको पाँच हजार १५० रुपैयाँ कायम भएको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया