ग्लोबल


पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु

नेपालखबर
चैत ३, २०८२ मंगलबार ६:४, काठमाडौँ

सोमबार राति पाकिस्तानले अफगानिस्तानमा फेरि हवाई हमला गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाको लडाकु विमानले राजधानी काबुलका धेरै क्षेत्रमा आक्रमण गरेको हो। जसमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।

रिपोर्टका अनुसार, दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल वरपरका धेरै स्थानहरूमा विस्फोट र गोलीबारी सुनिएको थियो।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलको लागुऔषध पुनर्स्थापना अस्पतालमा बमबारी गरेको आरोप लगाए।

तालिबानले आक्रमणको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भनेको छ र पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरेको दाबी गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफका प्रवक्ता मोशरफ जैदीले आरोपलाई निराधार भन्दै काबुलको कुनै पनि अस्पतालमा आक्रमण नगरिएको दाबी गरेका छन्।

पाकिस्तानको सूचना मन्त्रालयले काबुल र नान्गारहारमा रहेका सैन्य अड्डा, प्राविधिक उपकरण डिपो र हतियार भण्डारलाई निसाना बनाइएको बताएको छ, जुन पाकिस्तानी नागरिकहरूविरुद्ध आक्रमणका लागि प्रयोग भइरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad