ग्लोबल


साउदीमा कोरोनाबाट ६७४ नेपाली संक्रमित, १ जनाको मृत्यु

साउदीमा कोरोनाबाट ६७४ नेपाली संक्रमित, १ जनाको मृत्यु

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १५:४५,

साउदीमा अहिलेसम्म कोरोना भाइरसबाट ६ सय ७४ नेपाली संक्रमित भएका छन्।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारीअनुसार नेपालीको बसोबास बाक्लो भएको साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम (मक्का, मदिना, जेद्दा र जजान आदि) क्षेत्रमा १४८, रियादमा १७५, कसिम र हायल क्षेत्रमा ३/३ र अन्य स्थानमा ९ नेपाली कोरोनाबाट संक्रमित भएका हुन्। तीमध्ये ११ महिला रहेको नेपाली राजदूतावासले मंगलबार जानकारी दिएको छ।

तर संक्रमित नेपालीमध्ये धेरै जना निको भएर पनि काममा फर्किएको बताइएको छ तर कति भन्ने यकिन संख्या खुलाइएको छैन।

साउदी सरकारले दिएको जानकारीअनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएयता विभिन्न कारण ३१ नेपाली मृत्यु भएको छ र तीमध्ये १ जनाको निधन कोरोना संक्रमणबाट भएको हाे। 

विभिन्न कारण के हाे भन्नेबारे केही भनिएकाे छैन भने तीन नेपालीको मृत्युको कारण प्रस्ट नभएकाे भन्दै खुलाई जानकारी पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ।

दूतावासका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मंगलबार नेपाली राजदूतसँग भिडियो संवाद गरी कोरोना संक्रमणले नेपाली श्रमिकलाई पारेको असरबारे जानकारी लिएका हुन्।

यस्तै उनीहरूको रोजगारी, खाना र आवासको अवस्था तथा स्वदेश फिर्तीलगायतका विषयमा पनि जानकारी लिँदै मन्त्री ज्ञवालीले दूतावासलाई निर्देशन दिएका छन्।

साउदीमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या भने ४२ हजार ९२५ पुगेको छ। तीमध्ये ेमंगलबार मात्रै १ हजार ९११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तर संक्रमितमध्ये १५ हजार २५७ जना भने निको भइसकेका छन्।

यस्तै अहिलेसम्म कोरोनाबाट त्यहाँ २ सय ६४ जनाको मृत्यु भएको साउदी सरकारले जानकारी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad