कारोबार


मनमोहन अस्पताललाई दुई लाख ५० हजार जरिवाना

मनमोहन अस्पताललाई दुई लाख ५० हजार जरिवाना

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १५:५१,

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको छ।

अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अस्पतालले रु नौ सयमा हुनुपर्ने सेवाको रु एक हजार छ सय लिएको भेटेपछि कारवाही गरिएको हो। लकडाउनका कारण अस्पतालले सेवाग्राहीसँग बढी मूल्य लिएको भन्दै स्वास्थ्यकर्मीका साथमा अनुगमन गर्दै आएको छ। विभागले सोमबार नर्भिक इन्टरनेशनल हस्पिटललाई बढी शुल्क लिएको आशंकामा तीन दिनभित्र कागजपत्रसहित विभागमा लिखित जवाफ दिन निर्देशन दिएको छ।

त्यस्तै आज नै मीनभवनस्थित मीनभवन औषधि पसललाई बढी मूल्य लिएको भन्दै रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad