ग्लोबल


कोरोनाका कारण यूएईमा आज धादिङका एक युवकसहित दुई नेपालीको मृत्यु

कोरोनाका कारण यूएईमा आज धादिङका एक युवकसहित दुई नेपालीको मृत्यु

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १५:२६,

कोरोना संक्रमणबाट यूएईमा आज (मंगलबार) दुई नेपालीको मृत्यु भएको छ।

कोरोना कारण यूएईको आबुधाबी र अलऐनमा कार्यरत दुई नेपाली युवकको मृत्यु भएको हो।

आबुधाबीमा स्थित रेस्टुरेन्टमा कार्यरत अर्घाखाँचीका ३९ वर्षीय युवक र अलऐनमा नाम ठेगाना नखुलेका अर्का एक नेपालीको मृत्यु भएको हो।

कोरोनाका कारण बिरामी परेका धादिङका युवकको अलऐनको ब्रुजेल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको अस्पतालले परिवारलाई जानकारी दिएकाे हाे। 

अलऐन अस्पतालमा मृत्यु भएका अर्का नेपाली युवकको भने नाम ठेगाना खुलेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad