ग्लोबल


इरान र खाडी मुलुकबिच हानाहान, दुबई विमानस्थलनजिकै खस्यो दुइटा ड्रोन

इरान र खाडी  मुलुकबिच हानाहान, दुबई विमानस्थलनजिकै खस्यो दुइटा ड्रोन

नेपालखबर
फागुन २७, २०८२ बुधबार २१:४५, काठमाडौँ

मध्यपूर्वका देशहरूले बुधबार पनि इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिएको बताएका छन्। साथै उनीहरूले त्यसविरुद्ध जवाफी हमला जारी राखिएको पनि उल्लेख गरेका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) ले देशभरका आफ्ना हवाई रक्षा प्रणालीले इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिइरहेका बताएको छ।

बुधबार बिहान अधिकारीहरूले दुबई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुई इरानी ड्रोन खस्दा चार जना घाइते भएको बताएका छन्।

यसैबिच कतारको रक्षा मन्त्रालयले मिसाइल आक्रमणलाई रोकिएको बताएको छ।

दोहामा धेरैवटा विस्फोटका आवाज सुनिएको बताइएको छ। 

ओमानले पनि ड्रोन खसालेको पुष्टि गरेको छ। 

ओमानको सरकारी समाचार एजेन्सीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै देशले एउटा ड्रोन खसालेको छ र अर्को समुद्रमा खसेको उल्लेख गरेको छ। 

यसअघि इरानले इजरायल र मध्यपूर्वका देशमा रहेका अमेरिकी अड्डाहरूविरुद्ध युद्ध सुरु भएयताकै ठुलो आक्रमण गरिएको दाबी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad