कारोबार


१३ अर्बको सेयर कारोबार, ४६ अंकले घट्यो नेप्से

१३ अर्बको सेयर कारोबार, ४६ अंकले घट्यो नेप्से

नेपालखबर
फागुन २७, २०८२ बुधबार १५:८, काठमाडौँ

सेयरबजारमा ४६.७८ अंकको गिरावट आएको छ। 

लगातार दोस्रो दिन घटेपछि नेप्से २७९६.५७ विन्दुमा झरेको हो। 

३ करोड ६० लाख कित्ता सेयर किनबेचपछि १३ अर्ब १८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

बुधबार २८ वटा सेयरको मात्रै मूल्य बढेका छन्। जसमा सबैभन्दा धेरै सालपा विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावरलगायत छन्। 

यी सेयरहरु १० प्रतिशतसम्मले बढेका हुन्। 

तर कालिका पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, ट्रेड टावरलगायतको अधिकतम ८.४७ प्रतिशतसम्मले मूल्य घटेको नेप्सेले जनाएको छ। यस दिन कुल २३२ वटा सेयरको मूल्य घटेको छ। 

दुईवटाको भने यथावत् छ। 

कारोबारतर्फ रिडी पावरको ८५ करोड, आखुखोला जलविद्युत् कम्पनीको ५१ करोड, नेशनल हाइड्रोपावर ४९ करोड, अपि पावर ४४ करोड र ङादी ग्रुप पावर ४१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। 

यस दिन सामूहिक लगानी कोष बढे पनि बाँकी समूह राताम्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad