विवादका कारण स्थगित भएको धनुषा–१ को मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
आयोगको आज बसेको बैठकले त्यहाँको मतगणना गर्ने निर्णय गर्दै सम्बन्धित निर्वाचन अधिकृतलाई आवश्यक निर्देशन दिएको छ।
आयोगले मतगणनाको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको निर्वाचन चिह्न घण्टीमा स्वस्तिक छाप लागेका मतपत्र फेला परेमा त्यस्ता मतपत्र पनि गणना गरी छुट्टै लगत राख्न भनेको छ।
बाँकी मतपत्रलाई नियमानुसार गणना गरी निर्वाचन परिणाम प्रकाशन गर्न आयोगले निर्देशन दिएको छ।
आयोगले जारी गरेको पत्रको बुंदा नं. ३ मा आवश्यक सुरक्षा प्रबन्ध मिलाई यथाशक्य छिटो गणना कार्य प्रारम्भ गर्न भनिएको छ।
रास्वपा उम्मेदवार ऋणको कालोसूचीमा देखिएपछि आयोगले उम्मेदवारी खारेज गरेको थियो। आयोगले उनको उम्मेदवारी खारेज गरेपनि मतदाताले उनको चुनाव चिह्नमा मत हालेको भए गणना गरेर छुट्टै लगत राख्न भनेको हो।
मतगणनामा रास्वपाका कार्यकर्ताहरूले मत कायम गर्नुपर्ने भन्दै विवाद गर्दै आएका थिए।
आयोगको निर्देशनपछि मतगणना सुरु भएको छ। यस क्षेत्रमा एमालेका रामचन्द्र मण्डलले ९६ मतससिहत अग्रस्थानमा छन्।
Shares

प्रतिक्रिया