ग्लोबल


लेबननमा रातभर आक्रमण गर्‍यौँ: इजरायल

लेबननमा रातभर आक्रमण गर्‍यौँ: इजरायल

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १५:३, काठमाडौँ

इजरायल रक्षा बल (आईडीएफ) ले लेबननको राजधानी बेरुतमा बिहीबार रातभर 'ठुलो मात्रामा, व्यापक आक्रमण' गरिएको दाबी गरेको छ।

बेरुतको दहियाह क्षेत्रमा हेजबुल्लाहको कमान्ड सेन्टर र ड्रोन भण्डारमा आक्रमण गरिएको इजरायलले जनाएको छ। 

इजरायली सेनाले विज्ञप्तिमा भनेको छ, ‘इजरायली नागरिकलाई हानि पुर्‍याउने कुनै पनि प्रयास सह्य छैन।’

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हत्या गरेपछि बदला लिन भन्दै लेबनानबाट हेजबुल्लाहले इजरायलमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेपछि लडाइँ चर्किएको हो। 

हेजबुल्लाह सिया मुस्लिम राजनीतिक र सैन्य संगठन हो, जसलाई इरानबाट बलियो समर्थन प्राप्त छ।

उक्त संगठनले इजरायलको अस्तित्वको अधिकारको विरोध गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad