सिन्धुली-२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशीष गजुरेल अग्रस्थानमा रहेका छन्।
सुनकोसी गाउँपालिका–२ को ७११ मत गणना हुँदा गजुरेलले २२६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ दाहाल (राजन)ले १७१ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले १६५ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सुशीला थिङले १०९ मत प्राप्त गरेकी छन्। स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५ मत प्राप्त गरेका छन्।
यस गणनाअनुसार आशीष गजुरेलले लेखनाथ दाहाल (राजन) भन्दा ५५ मतले अग्रता कायम गरेका छन्। हालसम्म ३५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
390
Shares

प्रतिक्रिया