ग्लोबल


इरानले अजरबैजानमा पनि हान्यो ड्रोन

इरानले अजरबैजानमा पनि हान्यो ड्रोन

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १६:४०, काठमाडौँ

अजरबैजान सरकारले आफ्नो देशमा इरानले ड्रोन प्रहार गरेको र दुई नागरिक घाइते भएको बताएको छ।

अजरबैजानको विदेश मन्त्रालयका अनुसार एउटा ड्रोनले नख्चिवान स्वायत्त गणतन्त्रको विमानस्थल टर्मिनल भवनमा र अर्को शाखराबाद गाउँको एक स्कुल भवननजिकै प्रहा गरिएको हो। 

बीबीसीका अनुसार ड्रोन आक्रमणबाट विमानस्थल भवनमा क्षति र दुई नागरिक घाइते भएको अजरबैजानले जनाएको छ। 

घटनापछि अजरबैजानको विदेश मन्त्रालयले अजरबैजानका लागि इरानका राजदूतलाई बोलाएको छ। 

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले आफ्नो देशमा हवाई हमला गरेयता इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी अड्डालाई लक्ष्य गरी आक्रमण गरिरहेको छ। 

यसैबिच कतार र बहराइनमा पनि विस्फोट भएको रिपोर्ट आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad