इजरायल–अमेरिकाले आज छैटौँ दिन पनि इरानमा आक्रमण जारी राखेका छन्।
इजरायल र अमेरिकाले अहिलेसम्म इरानमा ५ हजारभन्दा बढी बम खसालेका छन् भने इरानका २० वटा युद्धपोत डुबाइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
इरानमा भएको आक्रमणमा मारिएकाको संख्या हजार नाघिसकेको छ।
जवाफमा इरानले मध्यपूर्वका नौ देशमा रहेका अमेरिकी अड्डामा आक्रमण गरेको छ।
यसैबिच इरानले इजरायललाई कडा चेतावनी दिएको छ।
इरानका एक सैन्य अधिकारीले भनेका छन्, ‘यदि अमेरिका र इजरायलले इरानमा शासन परिवर्तनको प्रयास गरे भने इजरायलको डिमोना आणविक स्थललाई निसाना बनाइनेछ।’
हेर्नुहोस् बिहीबार बिहान इरानमा गरिएको आक्रमणका ३ तस्बिर



555
Shares

प्रतिक्रिया