इजरायल रक्षा बल (आईडीएफ) ले लेबननको लिटानी नदीको दक्षिणमा रहेका बासिन्दाहरूलाई तुरुन्तै क्षेत्र खाली गर्न आग्रह गरेको छ।
आईडीएफले भनेको छ, 'आफ्नो सुरक्षाका लागि तपाईंले तुरुन्तै आफ्नो घर खाली गर्नुपर्छ।'
उसको विज्ञप्तिमा अगाडि भनिएको छ, 'हेजबुल्लाहका लडाकु, स्थान वा हतियारनजिक रहेकाहरूले आफ्नो जीवनलाई जोखिममा पारिरहेका छन्।'
विज्ञप्तिमा हेजबुल्लाहले आफ्नो सैन्य उद्देश्यका लागि प्रयोग गर्ने कुनै पनि भवन वा घर निसाना बन्ने चेतावनी दिइएको छ।
उल्लेखनीय के छ भने इजरायल रक्षा बलले हेजबुल्लाहविरुद्ध हमला गर्नुअघि सर्वसाधारणलाई क्षेत्र खाली गर्न आग्रह गरिरहेको छ।
90
Shares

प्रतिक्रिया