ग्लोबल


इजरायलको चेतावनीपछि लेबननमा भागाभाग

इजरायलको चेतावनीपछि लेबननमा भागाभाग

नेपालखबर
फागुन १८, २०८२ सोमबार ११:३३, काठमाडौँ

इजरायलले लेबननका ५० भन्दा बढी सहर तथा गाउँका बासिन्दालाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको छ।

सार्वजनिक तस्बिरमा मानिसहरू बेरुत र सिडोनबाट भागिरहेको देखिन्छ। जसले गर्दा ट्राफिक जाम भएको छ।

चेतावनीमा मानिसहरूलाई कम्तीमा १,००० मिटर टाढा खुला क्षेत्रमा सर्न आह्वान गरिएको छ।

चेतावनीमा भनिएको छ, ‘तपाईंको सुरक्षाका लागि तुरुन्तै आफ्नो घर छाडेर कम्तीमा १,००० मिटर टाढा खुला क्षेत्रमा सर्नुहोला।’

हिजबुल्लाहका सदस्य, तिनका आधार वा सैन्य उपकरणनजिक नरहन चेतावनी दिइएको छ। 

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हत्याको बदला लिन भन्दै लेबनानबाट हिज्बुल्लाहले इजरायलमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेपछि लडाइँ चर्किएको हो। 

जवाफमा अहिले लेबनानका लक्ष्यहरूमा इजरायलले पनि आक्रमण गरिरहेको इजरायली सेनाले विज्ञप्तिमार्फत जनाएको छ।

हिज्बुल्लाहले इरानका सर्वोच्च नेता खामेनीको हत्याको बदला लिन आफूले इजरायलमा आक्रमण गरेको पुष्टि गरेको छ।

इजरायली सेनाका अनुसार, क्षेप्यास्त्र इजरायलका खुला क्षेत्रमा खसेका थिए।

हिज्बुल्लाह शिया मुस्लिम राजनीतिक र सैन्य संगठन हो, जसलाई इरानबाट बलियो समर्थन प्राप्त छ।

उक्त संगठनले इजरायलको अस्तित्वको अधिकारको विरोध गर्छ। 

अमेरिका र इजरायलले शनिबार इरानमा संयुक्त हवाई हमला गर्दा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका छन्। 

जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका यूएईलगायत खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ। 

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण जारी रहने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad