इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा इरानका धेरै जना शीर्ष नेता तथा अधिकारी मारिएका छन्।
एक गुप्तचर तथा सैन्य स्रोतले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजलाई बताएअनुसार हमलामा इरानका झन्डै ४० अधिकारी मारिएका छन्।
इरानमा शनिबार गरिएको आक्रमणमा हालसम्म यी शीर्ष नेता र अधिकारी मारिएका हुन्:
-इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी
-रिभोलुसनरी गार्ड्स (आईआरजीसी) का कमान्डर कमान्डर जनरल मोहम्मद पाकपुर
-सुरक्षा सल्लाहकार अली शामखानी
-रक्षामन्त्री अजिज नासिरजादेह
-इरानी सेना प्रमुख अब्दुल रहिम मौसावी
बीबीसी उर्दुका अनुसार इजरायलका सैन्य प्रवक्ताले पनि भनेका छन्, ‘हामीले खामेनीसहित ४० वरिष्ठ कमान्डर मार्यौँ।’
246
Shares

प्रतिक्रिया