ग्लोबल


इरानको चेतावनी: अब केही बेरमै हुनेछ ‘इतिहासकै खतरनाक आक्रमण’

इरानको चेतावनी: अब केही बेरमै हुनेछ ‘इतिहासकै खतरनाक आक्रमण’

नेपालखबर
फागुन १७, २०८२ आइतबार ९:३८, काठमाडौँ

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी अड्डा र इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएको छ।

उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले कब्जा गरिएका क्षेत्र र अमेरिकी आतंकवादी अड्डाहरूविरुद्ध अब केही बेरमै इतिहासको सबैभन्दा खतरनाक आक्रमण सुरु गर्नेछ।’

अमेरिका-इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको खबरलगत्तै उक्त चेतावनी दिइएको हो।

खामेनीको निधनको शोकमा इरानी सरकारले ४० दिनको शोक घोषणा गरेको छ।

इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले इजरायल-अमेरिकाको आक्रमणमा खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएको उल्लेख गरेका छन्। 

शनिबार गरिएको हवाई हमलाबाट आक्रमणमा खामेनीको घर पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ। 

जवाफमा इरानले पनि शनिबारै इजरायलमा झन्डै ४०० क्षेप्यास्त्र प्रहार गर्‍यो भने कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी अड्डालाई निसाना बनायो। साथै इरानले यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईमा पनि क्षेप्यास्त्र हानेको छ।

यसबाट भएको क्षतिको विवरण भने अहिले आइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad