ग्लोबल


सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी (फाइल फोटो)


नेपालखबर
फागुन १७, २०८२ आइतबार १०:३, काठमाडौँ

अमेरिका-इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले खामेनीको मृत्युमा शोक व्यक्त गरेको छ।

इरानी समाचार एजेन्सी फार्सका अनुसार, आईआरजीसीले भनेको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ।’

इरानका सञ्चारमाध्यम तस्निम र फार्सका अनुसार खामेनी मात्र होइन, आक्रमणमा उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्।

यसैबिच इरानी सेनाले अब ‘इतिहासकै खतरनाक हमला’ सुरु गरिने चेतावनी दिएको छ।

उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले अब चाँडै कब्जा गरिएका क्षेत्र र अमेरिकी आतंकवादी अड्डाहरूविरुद्ध इतिहासकै सबैभन्दा खतरनाक आक्रमण सुरु गर्नेछ।’

सन् १९८१ देखि ७ वर्ष ३११ दिनसम्म इरानको राष्ट्रपति रहेका खामेनी सन् १९८९ मा सर्वोच्च नेता चुनिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad