ग्लोबल


छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी (फाइल तस्बिर)


नेपालखबर
फागुन १७, २०८२ आइतबार ८:१८, काठमाडौँ

इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेका छन्।

उनीहरूका अनुसार इजरायल-अमेरिकाको आक्रमणमा खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्। 

यद्यपि इरानी सरकारले आधिकारिक रूपमा यसको पुष्टि गरिसकेको छैन। 

सीएनएनसँग कुरा गर्दै इजरायली अधिकारीहरूले आफूहरूसँग भग्नावशेषबाट बरामद गरिएको खामेनीको शवकै तस्बिर रहेको दाबी गरेका छन्।

इजरायल र अमेरिकाले शनिबार गरेको संयुक्त हवाई आक्रमणमा खामेनीको घर पूर्ण रूपमा ध्वस्त भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad