इरानको दक्षिणी सहर मिनाबमा छात्राहरूको स्कुलमा इजरायली आक्रमणबाट ५१ जनाको मृत्यु भएको इरानको सरकारी समाचार एजेन्सीले जनाएको छ। सो घटनामा ६० जना घाइते भएका छन्।
शनिबार बिहान इजरायलले सिधै स्कुलमाथि आक्रमण गरेको सो सहरका अधिकारीहरूले जनाएका छन्।
सो आक्रमण हुँदा स्कुलमा १७० छात्रा थिए। त्यसैले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।
अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निवासलाई पनि निसाना बनाएका छन्। यद्यपि, त्यसअघि नै खामेनी सुरक्षित स्थानमा सरिसकेको बताइएको छ। एजेन्सी
219
Shares

प्रतिक्रिया