ग्लोबल


बोलिभियामा विमान दुर्घटना, १५ जनाको मृत्यु, ३० घाइते

बोलिभियामा विमान दुर्घटना, १५ जनाको मृत्यु, ३० घाइते

शनिबार बिहान बोलिभियामा भएको विमान दुर्घटना।


नेपालखबर
फागुन १६, २०८२ शनिबार ७:२७, काठमाडौँ

शनिबार बिहान (नेपाली समयअनुसार) बोलिभियाको एल अल्टो सहरमा वायुसेनाको हर्कुलस विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

रोयटर्सअनुसार, खराब मौसममा अवतरण गरेपछि विमान धावनमार्गबाट ​​चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेको हो।

अनि विमान सडकमा पार्क गरिएका दशदेखि पन्ध्रसम्म सवारीसाधनमा ठोकिन पुग्यो। 

शनिबार बिहान बोलिभियामा भएको विमान दुर्घटना।

विमानको भग्नावशेष, क्षतिग्रस्त कार र शवहरू सडकमा छरिएका थिए।

उक्त विमानले देशको केन्द्रीय बैंकबाट नयाँ नोट लिएर आएको थियो। 

दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

दुर्घटनापछि विमान दुई टुक्रा भएको थियो।

बोलिभियामा शनिबार बिहान विमान दुर्घटना भएको स्थल

बोलिभियाको केन्द्रीय बैंकले दुर्घटनाबारे पत्रकार सम्मेलन गर्ने बताइएको छ।

दुर्घटना कारणबारे अनुसन्धान सुरु गरिएको छ।

घाइतेहरू स्थानीय अस्पतालहरूमा उपचाररत छन्। प्रशासनले मृतकहरूको पहिचान र क्षतिको मूल्यांकन सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad