ग्लोबल


इरानमा सरकारविरुद्ध सडकमा उत्रिए विद्यार्थी, जनवरीयताकै विशाल प्रदर्शन

इरानमा सरकारविरुद्ध सडकमा उत्रिए विद्यार्थी, जनवरीयताकै विशाल प्रदर्शन

नेपालखबर
फागुन १०, २०८२ आइतबार १०:१८, काठमाडौँ

इरानका केही विश्वविद्यालयका विद्यार्थी सरकारको विरोधमा उत्रिएका छन्। गत महिना सरकारले आन्दोलनमा दमन गरेयताकै ठुलो प्रदर्शन भएको बीबीसीले जनाएको छ। 

इरानको राजधानी तेहरानमा रहेको सरिफ युनिभर्सिटी अफ टेक्नोलोजीमा क्याम्पसमा विद्यार्थीले विरोध प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएको छ। जसमा प्रदर्शनकारी र सरकार समर्थकबिच झडप भएको देखिन्छ। 

तेहरानको अर्को विश्वविद्यालयमा धर्ना दिइएको छ। उत्तरपूर्वी भागमा पनि र्‍याली गरिएको छ।

विरोध प्रदर्शनमा सहभागी विद्यार्थीले गत जनवरीमा भएको सरकारविरुद्धको प्रदर्शनमा मारिएका हजारौँलाई श्रद्धाञ्जली दिएका थिए।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जनवरीमा भएको विरोध प्रदर्शनमा ३२ हजार मानिस मारिएको दाबी गरेका छन्। 

अमेरिकाले इरानआसपास सैन्य उपस्थिति बढाइरहेको छ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सीमित सैन्य कारबाही गर्नेबारे विचार गरिरहेको बताएका छन्।

अमेरिका र यसका युरोपेली सहयोगीले इरान आणविक हतियार विकास गर्ने दिशामा अघि बढिरहेको शंका गरिरहेका छन्। इरानले भने यो कुरा अस्वीकार गरिरहेको छ।

यसैबिच अमेरिका र इरानका अधिकारीहरूले मंगलबार स्विट्जरल्यान्डमा भएको दोस्रो चरणको वार्तामा केही प्रगति भएको जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad