ग्लोबल


यौन प्रकरणमा मुछिएका बेलायती राजाका भाइ पक्राउ

यौन प्रकरणमा मुछिएका बेलायती राजाका भाइ पक्राउ

बेलायतका राजा चार्ल्स त्रितियका भाइ एन्ड्रयू माउन्टब्याटन-विन्डसर र उनलाई पक्राउ गर्न गएको प्रहरी टोली


नेपालखबर
फागुन ७, २०८२ बिहिबार १८:१४, काठमाडौँ

बेलायतका राजा चार्ल्स त्रितियका आफ्नै भाइ एन्ड्रयू माउन्टब्याटन-विन्डसर पक्राउ परेका छन्। बीबीसीले उनी पक्राउ गरेको पुष्टि गर्दै आज बिहान इङ्ल्यान्डको नर्फोकस्थित स्यान्ड्रिङ्घम एस्टेटमा प्रहरी गाडीहरू पुगेका तस्बिरहरू सार्वजनिक गरेको छ।

यो घटनाक्रम त्यतिबेला सामने आएको हो जब टेम्स भ्याली पुलिसले पूर्व प्रिन्सले यौन अपराधी जेफ्री एपस्टिनसँग गोप्य जानकारी सेयर गरेको उजुरीको अनुसन्धान गरिरहेको बताएको थियो।

वेलायती महारानी एलिजावेथ द्वितियाका चार सन्तान छन्। जेठो छोरा चार्ल्स त्रितिय अहिले राजा छन्। छोरी एन राजकुमारी हुन्। अहिले पक्राउ परेका  एन्ड्रयू तेस्रो सन्तान हुन्। उनका एक जना भाइ पनि छन्।

राजकुमारको उपाधि खोसियो

एन्ड्रयूले कुनै पनि गलत काममा संलग्न रहेको कुरालाई निरन्तर अस्वीकार गर्दै आएका छन्।

प्रहरी अनुसन्धानमा पटक-पटक नाम देखिएपछि उनलाई यसअघि नै राजकुमार (प्रिन्स)को उपाधिबाट हटाइएको थियो। उनको आफ्नो दरबार 'रोयल लज'बाट निकाला गरिएको थियो।

बीबीसीका अनुसार आज बिहान नर्फोकको स्यान्ड्रिङ्घममा केही सवारी साधनहरू देखिएका थिए। ती गाडीहरू चिह्नरहित पुलिस गाडी थिए।

याैन अपराधमा शाही शक्तिको दुरूपयोग

बेलायतको आधुनिक इतिहासमा राजकुमार पक्राउ परेको यो पहिलो पटक हो। अमेरिका, युरोप र एशियाका समेत शक्तिशाली व्यक्तिहरू मुछिएका यौन अपराधी जेफ्री एपस्टिनसँगको सम्बन्धलाई लिएर उनीमाथि थुप्रै आरोपहरू लागेका छन्।

बीबीसी न्युजका अनुसार अहिले उनलाई सार्वजनिक पद दुरुपयोगको शङ्कामा पक्राउ गरिएको हो। एन्ड्रयूको पक्राउपछि टेम्स भ्याली पुलिसले विज्ञप्ति जारी गरेको छ।

प्रहरी भन्छ: पक्राउ व्यक्तिबारे धेरै चासो छ

विज्ञप्तिमा भनिएको छ — 'अनुसन्धानको क्रममा आज हामीले नर्फोकमा ६० वर्षभन्दा बढी उमेरका एक व्यक्तिलाई सार्वजनिक पदको दुरूपयोग गरेको  शङ्कामा पक्राउ गरेका छौँ। बर्कशायर र नर्फोकस्थित ठेगानाहरूमा छापा मार्ने काम भइरहेको छ। ती व्यक्ति हाल पुलिस हिरासतमा छन्।'

राष्ट्रिय दिशानिर्देशअनुसार पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गर्न प्रहरी असमर्थ रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरी अधिकारी ओलिभर राइटले भनेका छन्, ''हामी बुझ्छौँ कि यस मामिलामा सार्वजनिक चासो अत्यधिक छ। उचित समयमा हामी जानकारी सार्वजनिक गर्नेछौँ।''

राजदरबार रिसायो

एन्ड्रयू माउन्टब्याटन बेलायतका राजा चार्ल्स त्रितियका आफ्नै भाइ हुन्। 

बकिङ्घम प्यालेसले भनेको छ राजाका भाइलाई अब एन्ड्रयू माउन्टब्याटन-विन्डसरका नामले चिनिनेछन्। एन्ड्रयूका अन्य शाही उपाधि यसअघि नै खोसिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad