ग्लोबल


इरानलाई फेरि ट्रम्पको धम्की : हाम्रो एउटा विशाल जहाज त्यसतर्फ गइरहेको छ

इरानलाई फेरि ट्रम्पको धम्की : हाम्रो एउटा विशाल जहाज त्यसतर्फ गइरहेको छ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
माघ २८, २०८२ बुधबार ११:५७, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानलाई धम्की दिएका छन्। 

एक टीभी च्यानलसँगको अन्तर्वार्तामा उनले इरानसँग जारी वार्ताका विषयमा बताउँदै पुन: चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन्।

ट्रम्पले भनेका छन्, ‘हाम्रो एउटा विशाल जहाज इरानतर्फ गइरहेको छ। मलाई लाग्छ- उनीहरू (इरान) सम्झौता गर्न चाहन्छन्।’

उनले अगाडि भनेका छन्, ‘मलाई लाग्छ- यदि उनीहरूले त्यसो गरेनन् भने मूर्ख साबित हुनेछन्। हामीले अघिल्लोपटक उनीहरूका आणविक पूर्वाधार नष्ट गरेका थियौँ। यसपटक हामी अरू के नष्ट गर्न सक्छौँ, हेर्दै छौँ।’

यसअघि सोमबार इरान र अमेरिकाका अधिकारीहरूबिच ओमानमा वार्ता भएको थियो। जसमा ओमानले मध्यस्थताको भूमिका निर्वाह गरेको थियो। 

यसपछि पनि उनीहरूले वार्तालाई निरन्तरता दिने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad