अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देश र क्यानडा जोड्ने पुल उद्घाटन रोक्ने धम्की दिएका छन्।
ट्रम्पले अमेरिकाले क्यानडामा गरेको सबै योगदानको पूर्ण क्षतिपूर्ति नपाएसम्म पुल खोल्न नदिने बताएका हुन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्यानडाको ओन्टारियोलाई अमेरिकाको मिसिगनसँग जोड्ने गोर्डी होवे अन्तर्राष्ट्रिय पुल अमेरिकाले क्यानडालाई निष्पक्ष व्यवहार नगरेसम्म खुल्ने छैन।’
परियोजनाको वेबसाइटका अनुसार, क्यानडाले पुल निर्माणका लागि आर्थिक सहयोग गरेको छ, तर यो क्यानडा र मिसिगन दुवैको स्वामित्वमा रहनेछ।
मिसिगनकी डेमोक्र्याटिक सदस्य सिनेटर एलिसा स्लटकिनले भनिन्, ‘यो परियोजना रोक्नु राज्यको अर्थतन्त्रका लागि धेरै खराब हुनेछ।’
यद्यपि राष्ट्रपति ट्रम्पले पुललाई कसरी खोल्नबाट रोक्न सक्छन् भन्ने कुरा अझै स्पष्ट छैन।
परीक्षण पूरा भएपछि पुल यस वर्षको सुरुमा खोल्ने तालिका छ। पुल निर्माण २०१८ मा सुरु भएको थियो।
Shares

प्रतिक्रिया