लिबियाको कुफ्रा सहरमा रहेको अल-सारा एयर बेसमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
चिकित्सा निकासी अभियानबाट फर्किरहेको सेनाको हेलिकप्टर जमिनमा खस्दा आगो लागेर ध्वस्त भएको थियो।
दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
मृतकहरूमा सैन्य यातायात सेवाका दुई सदस्य, एक चिकित्सा कर्मचारी सदस्य र दुई विदेशी छन्। उनीहरू रुसी नागरिक रहेको बताइएको छ।
हेलिकप्टर अल-सारा एयर बेसमा अवतरण गर्नुभन्दा ठिकअघि दुर्घटना भएको थियो।
भिडिओ-
⚠️ A medical evacuation helicopter crashed inside Ma’aten al-Sarra airbase while en route to assist a battalion vehicle involved in a traffic accident in Kufra, eastern Libya
▪️ Local officials confirmed at least five fatalities, including medical personnel and a soldier. Libyan… pic.twitter.com/TnuGsrHK5p— Anadolu English (@anadoluagency) February 10, 2026
Shares

प्रतिक्रिया