गत जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा आएको चक्रवात ह्यारीका कारण झन्डै एक हजार जनाको मृत्यु हुनाका साथै धेरै आप्रवासी बेपत्ता भएको मेडिटेरेनिया सेभिङ ह्युमन्सले जनाएको छ।
इटालीस्थित राहत संस्था 'मेडिटेरेनिया सेभिङ ह्युमन्स'ले प्रेस विज्ञप्ति जारी गर्दै चक्रवात ह्यारीको समयमा लगभग एक हजार मानिस समुद्रमा हराएर मृत्यु भएको हुन सक्ने बताएको हो।
इटाली, माल्टा, लिबिया र ट्युनिसियाको बिचमा अवस्थित मध्य भूमध्य मार्ग हालैका वर्षहरूमा युरोपमा अनियमित आप्रवासन प्रवाहका लागि सबै भन्दा व्यस्त मार्गहरूमध्ये एक मानिएको छ।
युरोपेली गैरसरकारी संस्थाहरूले सामान्यतया उत्तर अफ्रिकाको तटबाट प्रस्थान गरेपछि संकटग्रस्त अवस्थामा परेका आप्रवासीहरूलाई उद्धार गर्ने गरेको जनाइएको छ।
जनवरी १८-२५ को बिचमा चक्रवात ह्यारीले इटालीको दक्षिणी तट र माल्टा टापुमा ठुलो क्षति पुर्याएको जनाइएको छ।
Shares

प्रतिक्रिया