अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ।
अमेरिकाका धेरैवटा राज्यमा आँधीसँगै हिउँ पर्दा जनजीवन तहसनहस भएको छ।

यद्यपि अधिकारीहरूले् केही घटनामा मृत्युको कारण पत्ता नलागेको बताएका छन्।
बीबीसीका अनुसार हिमपात र चिसोका कारण अमेरिकाका धेरैवटा राज्यले आपत्कालीन अवस्था घोषणा गरेका छन्। देशका धेरै भागमा हिमपातसँगै वर्षा पनि भएको छ।

हिमआँधीले सबैभन्दा बढी असर न्युयोर्कमा गरेको छ।
त्यहाँ ३७९ उडान रद्द गरिएका छन्, लाखौँ घर बिजुलीविहीन भएका छन् र विद्यालयहरू बन्द गरिएका छन्।
177
Shares

प्रतिक्रिया