अफगानिस्तानमा भारी हिमपातका कारण कम्तीमा ४० जनाको मृत्यु भएको त्यहाँको विपद् व्यवस्थापन प्राधिकरणले शुक्रबार जनाएको छ।
तालिबान सरकारले हिमपातका कारण धेरै प्रान्तमा मानिसको मृत्यु भएको बताएको छ।
हिमपातका कारण हिमपहिरो गएका छन्, घरहरू ध्वस्त भएका छन् भने सडक अवरुद्ध भएका छन्।

हिमपात भएका कतिपय क्षेत्र दुर्गम र पुग्न गाह्रो भएकाले मृत्यु भएकाको संख्या बढ्न सक्ने आशंका छ।
ती क्षेत्रका मानिस सञ्चार सम्पर्कबाट विच्छेद भएका छन्।
वर्षौंको खडेरीपछि यस हप्ता अफगानिस्तानमा भारी हिमपात भएको हो।
27
Shares

प्रतिक्रिया