कोशी


पाथीभराको दर्शनपछि तेह्रथुम पुगेका बालेनलाई प्रहरीको स्कटिङ

पाथीभराको दर्शनपछि तेह्रथुम पुगेका बालेनलाई प्रहरीको स्कटिङ

नेपालखबर
माघ ९, २०८२ शुक्रबार २१:३५, विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ताप्लेजुङको पाथीभरा दर्शनपछि तेह्रथुम पुगेका छन्।

मध्य पहाडी लोक मार्ग हुँदै बालेन पाँचथरबाट म्याङ्लुङ पुगेका हुन्। तेह्रथुमका विभिन्न ठाउँहरू हुँदै बालेन साँझ म्याङ्लुङ बजारमा बसेको  सचिवालयले जनाएको छ।

बिहीबार बिहान दमकबाट पाथीभराका लागि निस्किएका बालेनसहितको सचिवालयको टोलीले इलाम, पाँचथर, ताप्लेजुङ जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूसँग भेटघाट तथा छलफल गरेको थियो।  

स्थानीयहरूसँग भलाकुसारी तथा फोटो खिच्ने, सेल्फी खिच्ने लगायतका गतिविधि गर्दै बालेन बिहीबार साँझ ताप्लेजुङमै बसेका थिए।

ताप्लेजुङ स्थित माथिल्लो फेदीमा बिहीबार साँझ बसेपछि शुक्रबार बिहानै शाह पाथीभराको दर्शन गरेर फर्किएको उनको सचिवालयले जनाएको छ। चुनावी वातावरण बनाउँदै उनी फर्किने क्रममा तेह्रथुम हुँदै फर्किएका हुन्।  

आज साँझ म्याङ्लुङ बजारमा बसेका बालेनलाई प्रहरीले स्कटिङ गरेको थियो। कुनै माथिल्लो पदमा नभएका व्यक्तिलाई नेपाल प्रहरीको गाडीले स्कटिङ गरेर म्याङ्लुङ बजारसम्म पुर्‍याएको थियो।

प्रहरीले बालेनलाई साइरन बजाउँदै स्कर्टिङ गराएर म्याङ्लुङ पुर्‍याएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले भने यसलाई पछिल्लो गाडीको विषय बाहिर आएपछि सुरक्षाको दृष्टिकोणले स्कटिङ गर्नुपरेको जनाएको छ।

उनले चढेको गाडीको विषय विवादित भएपछि प्रहरीले सुरक्षा दिनुपरेको जवाफ दिएको छ।

बालेन अब तत्कालीन कोसी अञ्चलका पहाडी जिल्लाहरूको चुनावी माहौल बनाएर विराटनगर हुँदै फर्किने कार्यक्रम रहेको बालेन निकट स्रोतले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad