अमेरिकाका उपराष्ट्रपति जेडी भान्सको घरमा आक्रमण भएको छ।
सीएनएनका अनुसार ओहायोको सिनसिनाटीस्थित भान्सको घरमा हमला गरिएको हो।
आक्रमणबाट झ्यालका सिसा फुटेका छन्।

घटनामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
रिपोर्टअनुसार आइतबार मध्यराति भान्सको घरनजिकैबाट कोही भागिरहेको देखिएको थियो।
अधिकारीहरूका अनुसार हमलाका बेला जेडी भान्स र उनको परिवार भने घरमा थिएनन्।
प्रारम्भिक अनुसन्धानले हिरासतमा लिइएका ती व्यक्ति उपराष्ट्रपतिको घरमा प्रवेश गर्न सफल नभएको देखाएको छ।
अनुसन्धान एजेन्सीहरूले आक्रमण जानाजानी जेडी भान्स वा उनको परिवारलाई लक्ष्य गरिएको थियो वा अन्य कुनै उद्देश्य थियो भनेर निर्क्योल गर्ने प्रयास गरिरहेका छन्।
सञ्चारमाध्यमले ह्वाइट हाउस र गुप्तचर सेवाबाट घटनाको विस्तृत जानकारी दिन अनुरोध गरेको छ, तर अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन।
भान्स गत हप्तादेखि सिनसिनाटीमै थिए तर आइतबार दिउँसो उनी बाहिरिएका थिए। उनको घर लगभग २.३ एकडमा फैलिएको छ।
ह्वाइट हाउसको वेबसाइटका अनुसार, जेडी भान्स आफ्नो परिवारसँग ओहायोको सिनसिनाटीमा बस्छन्। उनको जन्म १९८४ अगस्ट २ मा अमेरिकाको ओहायो राज्यको स्कटिस-आयरिस परिवारमा भएको थियो।
जेडी आमा बेभर्ली एकिन्स र उनका दोस्रो पति डोनाल्ड बोमनका छोरा हुन्।
जेडीको जन्म हुँदा उनका आमाबाबु गरिबीसँग संघर्ष गरिरहेका थिए। जसका कारण जेडीको बाल्यकाल गरिबीमा बितेको थियो।
Shares

प्रतिक्रिया