ग्लोबल


अमेरिकाको क्यालिफोर्नियामा भीषण वर्षा र बाढी, ३ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा भीषण वर्षा र बाढी, ३ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा भीषण बाढी। तस्बिर : बीबीसीको भिडिओबाट स्क्रिनसट


नेपालखबर
पुस ११, २०८२ शुक्रबार ८:१५, काठमाडौँ

अमेरिकाको क्यालिफोर्नियामा क्रिसमसकै दिन बिहीबार रातभर भएको भारी वर्षा र बाढीका कारण तीन जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार क्यालिफोर्नियाका अधिकांश स्थानमा बाढी र पहिरोको अवस्था छ।

लस एन्जलस काउन्टीका केही भागमा २७ सेन्टिमिटरसम्म वर्षा भएको छ। जसका कारण त्यहाँका बासिन्दालाई अन्यत्र सारिएको छ, प्रमुख सडक बन्द अवरुद्ध भएका छन्। 

आँधीबेहरी र वर्षा शुक्रबारसम्म जारी रहने अनुमान गरिएको छ। 

आपत्‌कालीन उद्धार टोली उद्धारमा खटिएका छन्।

बाढीमा परी सवारीसाधनमा फसेका मानिसहरूलाई उद्धार गरिएको छ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले बुधबार लस एन्जलस र दक्षिणी क्यालिफोर्नियाका अन्य काउन्टीमा आपत्‌काल घोषणा गरेका छन्।

बीबीसीका अनुसार राज्यका झन्डै लाख मानिस बिजुलीविहीन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad