ग्लोबल


टर्कीमा विमान खस्दा लिबियाका सेना प्रमुखको निधन

टर्कीमा विमान खस्दा लिबियाका सेना प्रमुखको निधन

विमानको भग्नावशेष अंकाराबाट ७० किलोमिटर टाढा फेला परेको छ। तस्बिर : एपी


नेपालखबर
पुस ९, २०८२ बुधबार ८:११, काठमाडौँ

टर्कीमा भएको हवाई दुर्घटनामा लिबियाका सेना प्रमुखको मृत्यु भएको छ। 

लिबियाका प्रधानमन्त्री अब्दुलहामिद दबेबाले फेसबुकमा विज्ञप्ति जारी गर्दै हवाई दुर्घटनामा परी देशका सेना प्रमुख जनरल मुहम्मद अली अहमद अल-हद्दादको निधन भएको जानकारी दिएका हुन्।

लिबियाका सेना प्रमुख जनरल मुहम्मद अली अहमद अल-हद्दाद (फाइल फोटो)

मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडान भरेको केही समयपछि फाल्कन-५० विमान दुर्घटना हुँदा त्यसमा सवार लिबियाका सेना प्रमुखसहित सबैको मृत्यु भएको हो। विमानमा अन्य चार अधिकारी र तीन चालक दलका सदस्य थिए।

दुर्घटनामा मृत्यु भएका लिबिया सेनाका अन्य चार अधिकारीमा स्थल सेना प्रमुख जनरल अल-फितौरी घराइबिल, सैन्य उत्पादन प्राधिकरणका प्रमुख ब्रिगेडियर जनरल महमुद अल-कतावी, प्रमुख स्टाफका सल्लाहकार मोहम्मद अल-असावी दियाब र प्रमुख स्टाफको कार्यालयमा सैन्य फोटोग्राफर मोहम्मद उमर अहमद महजुब छन्। मृतक चालक दलका तीन सदस्यको पहिचान भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

विमानको भग्नावशेष अंकाराको दक्षिणपश्चिममा फेला परेको छ। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad