अमेरिकाको टेक्सस राज्यमा मेक्सिकन नौसेनाको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
अमेरिकी तटरक्षक दलका अधिकारीहरूका अनुसार मेडिकल बिरामी बोकेको मेक्सिकन नौसेना विमान सोमबार दिउँसो टेक्ससको ग्याल्भेस्टन खाडीमा खसेको हो। दुर्घटनामा २ वर्षका बालकसहित ५ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८ जना सवार मेक्सिकन नेभी बिचक्राफ्ट किङ एयर ३५०आई बाक्लो कुहिरोका कारण स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थलनजिकै पुग्दा ग्याल्भेस्टन खाडीमा खसेको हो।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विमान मेक्सिकोको युकाटन राज्यको मेरिडाबाट उडेको थियो।
दुर्घटनामा दुई जना भने बाँच्न सफल भएका छन् तर एकजना हराइरहेको जनाइएको छ।
दुर्घटनास्थलका तस्बिर र भिडिओ:
🇺🇸🇲🇽⚡ A Mexican Navy Beechcraft King Air 350i carrying eight people crashed into Galveston Bay on Monday afternoon while approaching Scholes International Airport in heavy fog.
The flight was a Mexican military medical evacuation with two pilots and six passengers. pic.twitter.com/1WnJGaqjP3— Osint World (@OsiOsint1) December 22, 2025
Shares

प्रतिक्रिया