सूर्यभन्दा तीन करोड गुणा ठुलो ‘ब्ल्याक होल’मा भएको विस्फोट पृथ्वीबाट पहिलोपटक देखिएको वैज्ञानिकहरूले बताएका छन्।
बीबीसीका अनुसार खगोलशास्त्रीहरूले अन्तरिक्षमा निकै टाढा एक्स-रे विकिरणको चम्किलो ज्वाला निस्किएको र तुरुन्तै धमिलो हुँदै गएको पत्ता लगाएका छन्।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार यो गत जुलाई २ को घटना हो।
विकिरणका कारण उत्पन्न उज्यालो हराउने क्रममा उक्त विशालकाय ब्ल्याक होलले प्रतिसेकेन्ड ६० हजार किलोमिटरको उच्च गतिमा अन्तरिक्षमा पदार्थहरूको फोहोरा निकालेको थियो।
यसबारे ‘एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार त्यस्तो ज्वालाका कारण उत्पन्न आँधी सूर्यमा उत्पन्न हुने खालकै छन् र तिनमा ब्रह्माण्डको रहस्य बुझ्न सघाउने संकेत लुकेका हुन सक्छन्।
नासाका अनुसार ब्ल्याक होल निकै सानो ठाउँमा ठुलो परिमाणमा खाँदिएको पदार्थ हो। नाममा ‘होल’ भए पनि त्यो ‘छिद्र’ वा ‘प्वाल’ चाहिँ होइन। ब्ल्याक होल यति सघन हुन्छन् कि तिनबाट प्रकाश पनि उम्किन सक्दैन। ब्रह्माण्डमा भएका अति रहस्यमय खगोलीय वस्तुमध्ये ब्ल्याक होल पनि एक हो।
ब्ल्याक होलले बाह्य पदार्थ ‘खाइदिने’ भएकाले ती चक्र निकै तात्छन् र भिन्दाभिन्दै ‘वेभलेन्थ’ भएको चहकिलो प्रकाश उत्सर्जन गर्छन्। त्यसरी निस्किने विकिरणमा एक्सरे पनि हुन्छ।
भिडिओ :
Shares

प्रतिक्रिया