ग्लोबल


भेनेजुएला-अमेरिका तनाव उत्कर्षमा, अमेरिकी नौसेनाद्वारा तेल ट्यांकर कब्जा

भेनेजुएला-अमेरिका तनाव उत्कर्षमा, अमेरिकी नौसेनाद्वारा तेल ट्यांकर कब्जा

अमेरिकी प्रशासनले एउटा भिडियो सार्वजनिक गरेको छ, जसमा अमेरिकी नौसेनाको हेलिकप्टर ट्यांकरमा अवतरण गरिरहेको देखिन्छ।


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ८:३२, काठमाडौँ

दक्षिण अमेरिकामा तनाव बढेको छ। अमेरिकाले बुधबार भेनेजुएलाको तटबाट एउटा तेल ट्यांकर कब्जा गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने, ‘हामीले भर्खरै भेनेजुएलाको तटबाट एउटा ट्यांकर कब्जा गरेका छौँ। यो धेरै ठुलो छ। वास्तवमा अहिलेसम्मकै सबैभन्दा ठूलो जफत गरिएको छ।’

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीको दाबीअनुसार ट्यांकर धेरै वर्षदेखि प्रतिबन्धमा थियो किनभने यो ‘विदेशी आतंकवादी संगठनहरूलाई समर्थन गर्ने अवैध तेल ढुवानी नेटवर्क’सँग जोडिएको थियो।

उनले सामाजिक सञ्जालमा अमेरिकी सेना हेलिकप्टरबाट जहाजमा चढेको देखाइएको क्लिप पोस्ट गरेकी छन्।

भेनेजुएला सरकारले कडा प्रतिक्रिया जनाएको छ। अमेरिकाले ‘चोरी’ र ‘अन्तर्राष्ट्रिय सामुद्रिक लुटपाट’ गरेको आरोप उसले लगाएको छ। 

भेनेजुएला सरकारले यस अघिदेखि अमेरिकाले वास्तवमा राष्ट्रपति निकोलस मादुरोलाई हटाउन खोजिरहेको आरोप लगाइरहेको छ। 

अमेरिकाले हालैका हप्ताहरूमा यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। जसलाई उसले लागुपदार्थ तस्करीविरुद्धको अभियान भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad